सर्वाेत्तम सिमेन्टको आइपीओ बाँडफाँट

काठमाडौं । सर्वोत्तम सिमेन्टले गरेको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । 

बुक विल्डिङ विधिमार्फत साधारण सेयर जारी गरेको कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो।

जसमा ५५ हजार ५ सय २१ जनाले सेयर हात पारेका छन् । 

त्यसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएको विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा ९ लाख ५९ हजार ८९७ जनाले आवेदन दिएकोमा ९३८ जनाको आवेदन रद्द थियो । 

आवेदन दिएकामा ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।