अनलाइनबाट बैङ्किङ कारोबार गर्नुहुन्छ, यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ– पछिल्लो समय अनलाइन बैङ्किङको प्रयोग बढिरहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बढी सुरक्षित हुने भन्दै प्रयोगकर्तालाई डिजिटल प्लेटफर्म मार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् ।

तर कतिपय अवस्थामा अनलाइनबाट कारोबार गरिरहँदा धेरै कुराहरूमा सजग हुनुपर्छ । आज हामी तपाइलाई अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा जानकारी दिँदै छौ ।

अनलाइन बैङ्किङ सेवा प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुहोस् 

– अनलाइन बैङ्किङको प्रयोग गर्नुअगाडि बैङ्कको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया बारे पुर्ण जानकारी लिने ।

– अनलाइन बैङ्किङ सेवा प्रयोग गर्दा सम्बन्धित बैङ्कको आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गर्ने ।

– आफ्नो बैङ्क स्टेटमेन्ट नियमित चेक गर्ने ।

– आफ्नो बैङ्क खाता नम्बर, पासवर्ड, पिन कोड तथा ओटीपीजस्ता कुराहरू अरूलाई नदिने ।

– अनलाइन बैङ्किङको लागि बलियो पासवर्डको प्रयोग गर्ने 

– आफ्नो बैङ्क खातामा कुनै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त बैङ्कमा सम्पर्क गरौँ ।