ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा, आगामी राष्ट्रपति निर्वाच्न लड्न पाउने
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति निर्वाचनको चुनाव लड्न पाउने भएका छन्।
अमेरिकी सर्वोच्च अदालतले उनीमाथि लगाइएको प्रतिबन्ध हटाएसँगै उनी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार बन्न पाउने बाटो खुलेको बीबीसीले जनाएको छ।
अदालतको उक्त फैसलालाई ट्रम्पले स्वागतयोग्य रहेको भन्दै यो अमेरिकाको लागि ठूलो जित भएको बताएका छन्।
अमेरिकाको कोलोराडो राज्यको एक अदालतले गत डिसेम्बरमा पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्नबाट रोक लगाइदिएको थियो।
अदालतले अमेरिकी संविधानको १४ औँ संशोधनका अनुसार सशस्त्र विद्रोह गर्नेले राष्ट्रपति पदमा चुनाव लड्न नपाउने भन्दै ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो।
इजरायली हवाई अड्डाहरूलाई निशाना बनाएको इरानको दाबी
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
दुई महिनापछि इरान र इजरायलबिच फेरि हानाहान
७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत
फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
प्रतिक्रिया