कुकुर भुकेको निहुँमा महिलाको हत्या
कहिलेकाही सानो कुराको निहुँमा मानिसले ठूलै लफडा गर्छ र रिसको झोकमा गम्भीर अपराध गर्नपुग्छ । छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै एउटा यस्तै अनौठो घटना भएको छ ।
एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् ।
सो घटना गत शनिवार राति भएको हो । आफू पसल बन्द गरेर घरतर्फ जाँदै गरेको बेलामा ती महिलाले घरमा पालेको कुकुरले आफुलाई भुकेर तर्साएको भन्दै युवकले झगडा सुरु गरेका थिए ।
रातको साढे १० बजेतिर उनी सामुदायिक हल नजिकै पुगेपछि उनलाई देखेर कुकुर निरन्तर भुक्न थाल्यो जसका कारण उनी बाटो काट्न पनि सकेनन् । त्यसपछि उनी चिच्याउन थाले । उनी चिच्याएको देखेर उक्त कुकुर धनी ६५ वर्षीया महिला घर बाहिर निस्किइन् । त्यसपछि ती युवक र वृद्धाबीच कुकुर भुकेको विषयमा झगडा सुरु भयो ।
झगडा चर्किंदै गएको बेला युवकले महिलाको पेटमा जोडसँग लात्ताले हानेर महिलालाई भुईंमा ढाले । सडकमै ढलेकी ती महिलालाई तत्कालै अस्पताल पुर्याइयो र अस्पतालमै उनको मृत्यु भयो ।अभियुक्त युवकलाई पक्राउ गरिएको र उनीमाथि हत्या अभियोगमा उजुरी दर्ता भएको बताइएको छ ।
ईश्वरी हत्या प्रकरण: किटानी जाहेरीका आधारमा थप तीन जना पक्राउ
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
प्रतिक्रिया