इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते
इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुईवटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन्। दुईवटा रेलका कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन् ।
घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई जनाकारी दिनु भएको छ । घाइते मध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ ।
इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ ।
कञ्चनपुरमा भ्यान दुर्घटना, १३ यात्रु घाइते
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
प्रतिक्रिया