इरानमा बम विस्फोट हुँदा १०३ को मृत्यु,
इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु भएको छ। अन्य २ सयभन्दा बढी घाइते भएका छन्।
बीबीसीका अनुसार ४ वर्ष अघि हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृति सभामा सहभागि हुन भेला भएका भीडलाई लक्षित गरी बुधवार बम विस्फोट गराइएको हो।
विस्फोट करमनस्थित गोलजार शाहदाईमा रहेको साहिबुल जमान मस्जिद नजिकै भएको बताइएको छ।
इरानको करमन मेडिकल इमरजेन्सी सेन्टरका प्रमुख शहाब सालेहीका अनुसार १० मिनेटको अन्तरमा दुई वटा विस्फोट भएको थियो। उनले विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि बताएका छन्।
सन् २०२० जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा कासिम सुलेमानीको बगदादमा हत्या गरिएको थियो।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
प्रतिक्रिया