गाजा र पश्चिम किनारका लागि एकल प्यालेस्टिनी सरकारका लागि ‘खुला’ रहेको हमास प्रमुखको भनाइ
हमास प्रमुख इस्माइल हानियेहले गाजामा शासन गर्नका लागि एकल प्यालेस्टिनी प्रशासनका लागि आफू तयार रहेको मङ्गलबार बताउनुभएको छ । गाजामा हमासको शासन छ र पश्चिम किनार उसको कब्जामा छ ।
“हामी आन्तरिक (प्यालेस्टिनी) अवस्थाका सम्बन्धमा धेरै पहल प्राप्त गरेका छौँ र हामी पश्चिम किनार र गाजाका लागि एउटा राष्ट्रिय सरकारको विचारका लागि खुला छौँ”, उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।
सन् २००६ को प्यालेस्टिनी निर्वाचनमा विजय भएपछि हमासले गाजापट्टीलाई नियन्त्रण गरेको छ । त्यसअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीसँग हिंसात्मक झडपहरू भएका थिए । गुटहरूबीच मेलमिलापका धेरै प्रयास विफल भएका छन् । पश्चिम किनारमा प्यालेस्टिनी प्राधिकरणका प्रमुखका रूपमा अब्बासको लोकप्रियता घटेको छ ।
हमास र इजराइलबीच करिब तीन महिनाको युद्धका क्रममा गाजाको भावी शासनबारे लगातार प्रश्न गरिएको छ । इजराइलले हमासलाई सखाप पार्ने वाचा गरेको छ ।
अमेरिकाले युद्धपछि प्यालेस्टिनीहरू कुनै पनि प्रशासनको हिस्सा हुनुपर्नेमा जोड दिएको छ तर अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्यालेस्टिनी प्राधिकरणको भविष्यको भूमिका अस्पष्ट छ ।
अल जजिराले प्रसारण गरेको हानियेहको सम्बोधनमा उहाँले युद्धमा दोस्रो सम्भावित विरामका बारेमा पनि चर्चा गर्नुभयो । यसअघिको युद्धविरामले अक्टोबर ७ मा हमासले इजराइलबाट अपहरण गरेका दुई सय ५० बन्धकमध्ये करिब आधालाई रिहा गर्न मार्ग प्रशस्त गरेको थियो ।
धेरै विवरण नदिई हानियेहले भन्नुभयो, “शत्रुका बन्दीहरूलाई प्रतिरोधले निर्धारित सर्तका आधारमा मात्र रिहा गरिनेछ ।” गाजामा करिब एक सय २९ बन्धक अझै पनि बन्दी छन् ।
रास्वपाको सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित : आईजीपी कार्की
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त
व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
प्रतिक्रिया