इजरायली हमलामा मारिए प्यालेस्टाइनका एक पूर्वमन्त्री
काठमाडाैँ। इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् ।
प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन् ।पूर्वमन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो शहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका व्यक्ति हुन् ।
प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजापट्टीमा हमासविरुद्ध सैन्य आक्रमण जारी राखेको छ ।
इजरायली तथ्याङ्कअनुसार विद्रोहीको आक्रमणमा करिव एक हजार १४० इजरायलीको मृत्यु भएको छ । यस्तै, हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजापट्टीमा २१ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् । जसमा अधिकांश महिला र बालबालिका छन्।
रास्वपाको सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित : आईजीपी कार्की
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त
व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
प्रतिक्रिया