चीन भूकम्प : मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो
काठमाडौं , पुस ४ गते । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।
चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ ।
भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् ।
चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो ।
भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ । रासस/सिन्ह्वा
रास्वपाको सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित : आईजीपी कार्की
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त
व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
प्रतिक्रिया