इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा

इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि 'डिफेन्स फोर्स आर्टीलरी' गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२  औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । 
तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतङ्कवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ ।

सो आक्रमित क्षेत्रमा आतङ्कवादी सङ्गठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।