श्रीलङ्कामा ५.४ अर्ब डलर विप्रेषण भित्रियो
काठमाडाैँ। सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैङ्क (सीबीएसएल) ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ ।
कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो, सीबीएसएलको तथ्याङ्कमा उल्लेख छ ।
कामदारहरूले सन् २०२२ को पहिलो ११ महिनामा ३.३ अर्ब डलर पठाएको बैङ्कको तथ्याङ्कले देखाएको छ ।
प्रवासी कामदारले पठाउने रकम श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनकोे एक प्रमुख स्रोत हो ।
सन् २०२३ को नोभेम्बर महिनाको अन्त्यसम्म २७ लाख पाँच हजार श्रीलङ्कालीहरू वैधानिक रूपमा वैदेशिक रोजगारीका लागि बिदेश गएका विदेशमन्त्री अली साब्रीले बिहीबार संसद्मा बताउनुभयो ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया