जापानमा भाङको औषधीय प्रयोगलाई कानुनी मान्यता
जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ ।
जापानको माथिल्लो सदन (नेशनल डाइट) ले बुधबार संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ ।
संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल (टीएचसी)’, बोटमा पाइने एक मनोवैज्ञानिक रसायन, लागुऔषधको रूपमा व्यवहार गरिनेछ, जसको प्रयोगमा युवाहरू र अरूलाई दुरुपयोग गर्नबाट रोक्न प्रतिबन्ध लगाइनेछ ।
जापानले पहिले नै गाँजा राख्न र वितरण गर्न प्रतिबन्ध लगाएको छ, देशले औषधीय प्रयोजनबाहेक यसको प्रयोगमा प्रतिबन्ध लगाउनेछ । यससम्बन्धी उल्लङ्घन गरेमा सात वर्षसम्मको जेल सजाय को व्यवस्था गरेको छ तर मेडिकल उत्पादनका लागि बिरुवा हुर्काउन पनि अनुमति दिइनेछ ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया