चर्चित कार्यक्रम ‘सीआईडी’का अभिनेता दिनेश फडनिसको निधन
काठमाडौं। भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ । इण्डियन एक्सप्रेसका अनुसार उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरे ।
दयाले भने, ‘दिनेशको बिहान १२.०८ बजे अन्तिम सास फेरे ।’ अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ ।
दयाले दिनेशको निधन ‘मल्टिपल अर्गन फेल’को कारणले भएको बताए । उनले भने, ‘धेरै जटिलता थिए र उनलाई हिजो राति भेन्टिलेटरबाट हटाइयो । दिनेशको अन्तिम संस्कार बिहान १०.३० बजे मुम्बईमा हुनेछ ।’
यसअघि आइतबार हृदयघात भएको खबर आएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो । पछि दयाले यो कार्डियक अरेस्ट नभएर कलेजोमा क्षति भएको जानकारी दिए ।
सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बने । उनले लोकप्रिय सिरिज तारक मेहता का उल्टा चश्मामा पनि उपस्थिति देखाए र सुपर ३० र सरफारोस जस्ता फिल्ममा सहायक भूमिका खेलेका छन् ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया