मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु
काठमाडाैँ । भारतको पूर्वी राज्य मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु भएको छ । मणिपुरबाट ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने लेइथु इलाकामा भएको घटनामा दर्जनौ घाइते भएका छन् ।
मणिपुरको अर्धसैनिक बल आसाम राइफल्सका अनुसार गैर–आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने दर्जामा समावेश गरिएको विरोधमा जातीय प्रदर्शन भएपछि हिंसा भड्किएको हो ।
हिंसाकै क्रममा दर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनी समेत गरेका छन् ।
मणिपुरमा गत मे ३ देखि ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बन्दै आएको छ । बहुसख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यबीचको जातीय द्वन्द्वका कारण मे ३ देखि १ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ६० हजार विस्थापित भइसकेका छन् ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया