सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि
काठमाडाैँ। रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाका प्रमुख युरी शिखानचिनले बिहीबार बताउनुभएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शिखानचिनले भन्नुभयो, “प्रणालीपूर्ण रूपमा नियमन नभएको तथ्यलाई ध्यानमा राख्दै शङ्कास्पद कारोबार लगभग दोब्बर भइरहेको छ ।”
अधिकारीका अनुसार आतङ्कवादी गतिविधिलाई आर्थिक सहयोग गर्ने गतिविधिले पनि यस्ता अवैध कारोबारमा वृद्धि भएको उहाँले बताउनुभएको छ ।
यद्यपि, रोसफिनमोनिटरिंग र रूसको भीटीबी बैंकद्वारा संयुक्त रूपमा सुरू गरिएको रूसी सफ्टवेयर प्रणाली ट्रान्सप्यारेन्ट ब्लकचेनले यी शङ्कास्पद लेनदेनहरूको पिछा गर्न र अनुसन्धान गर्न सम्भव बनाउँछ ।
शिखानचिनले भन्नुभयो, “रोसफिनमोनिटरिङले क्रिप्टोकरेन्सीको सञ्चारको निगरानी जारी राखेको छ ।”
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया