पाकिस्तानको पञ्जाबमा डाँका र प्रहरीबीच झडप, छ जनाको मृत्यु
पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो ।
बन्धक बनाइएका चिकित्सकको परिवारमध्ये एक छोरी सावधानीपूर्वक छतमा पुगी प्रहरीलाई डाँका समूहबारे जानकारी गराउँदै सहयोगका लागि प्रहरीलाई फोन गर्न सफल भएकी र उनको सुराकीको आधारमा नै प्रहरीले डकैती गर्ने ती व्यक्तिहरूलाई कारबाही गरेको थियो ।
आक्रमणका क्रममा बन्धक बनाइएका सबै व्यक्ति सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ ।
मारिएका डाँकाहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ईश्वरी हत्या प्रकरण: किटानी जाहेरीका आधारमा थप तीन जना पक्राउ
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
प्रतिक्रिया