कांग्रेसका प्रदेशसभा सदस्यकोे १५ दिनको तलब भूकम्पपीडितलाई
नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले उक्त निर्णय गरेको हो ।
सो रकम नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेसले भूकम्पप्रभावितलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध गरेको छ ।
गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना
क्लिनचिटको अपार विफलतापछि धरौटीले पार्दै छ रविलाई नयाँ चक्रव्यूहमा
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासबाट गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
प्रतिक्रिया