हमासद्वारा गाजाका महिलालाई बन्धक बनाएको भिडियो सार्वजनिक, ‘क्रूर दुष्प्रचार’भएको इजरायली प्रधानमन्त्री नेतन्याहूको भनाइ
हमासले सोमबार एक भिडियो सार्वजनिक गर्दै अक्टोबर ७ मा भएको आक्रमणका क्रममा २३० भन्दा बढी व्यक्तिहरूमध्ये तीन जना महिलालाई लडाकूहरूले अपहरण गरी गाजा लगिएको भनेका बताएको छ । प्यालेस्टिनी इस्लामिक समूहले ७६ सेकेन्डको भिडियोमा ती महिलालाई ‘यहुदी बन्दी’ को संज्ञा दिएको छ तर उनीहरूको पहिचान तत्काल पुष्टि गर्न सम्भव छैन ।
सेतो टाइलको भित्तामा प्लास्टिकको कुर्सीमा बसेकी एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सबै बन्दीहरूको रिहाईका लागि कैदी आदानप्रदानमा सहमत हुन आग्रह गरेकी छिन् । हिब्रु भाषामा बोल्दा तिनी साह्रै आक्रोशित भएकी देख्न सकिन्छ र अन्तमा उनी रून्छिन् ।
तर तिनको दुवैतिर बसिरहेका अरू दुई जना चुपचाप बसेका देख्न सकिन्छ । हमासका सयौं बन्दुकधारीले सीमा पार गरी दक्षिणी इजरायलमा प्रवेश गरी किबुट्ज समुदाय, शहर र सैन्य अखडामा आक्रमण गरेपछि बन्धक बनाइएका थिए । तिनीहरूको उमेर ८० वषको हाराहारीमा रहेको अनुमान गरिएको छ ।
हमासले घेराबन्दी गरेको क्षेत्रमा निर्माण गरेको भूमिगत सुरुङको विशाल सञ्जालमा उनीहरूलाई राखिएको अधिकारीहरूले विश्वास गरेका छन् । इजरायलले आफ्नो इतिहासकै सबैभन्दा खराब आक्रमणमा एक हजार ४०० जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई तथा स्थल आक्रमणमा परी आठ हजार ३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका रहेको जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले अक्टोबर ७ मा गरेको भीषण आक्रमणका तीन जनालाई बन्धक बनाएको भिडियो ‘क्रूर मनोवैज्ञानिक दुष्प्रचार’ भएको बताएका छन् । “यो हमास–आइएसआइएसको क्रूर मनोवैज्ञानिक प्रोपोगान्डा हो,” नेतन्याहूले भिडियो सार्वजनिक भएलगत्तै आफ्नो कार्यालयले जारी गरेको टिप्पणीमा गाजाका लडाकूलाई इस्लामिक स्टेट समूहसँग तुलना गर्नुभएको छ ।
प्रधानमन्त्री नेतन्याहूले भिडियोमार्फत् सार्वजनिक महिलाको नाम येलेना ट्रुपानोब, डेनियल एलोनी र रिमोन किश्र्ट भएको बताउँदै ‘अपहरणमा परेका र हराइरहेका सबैलाई घर फर्काउने’ प्रतिबद्धता जनाएका छन् । बन्दीहरूमाथि बढ्दो घरेलु दबाबको सामना गर्दै इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले आइतबार लडाकूहरूले बन्धकहरूको भाग्यमाथि ‘मनोवैज्ञानिक खेल’ खेलेको आरोप लगाउनुभएको छ । अक्टोबर १६ मा हमासले इजरायली–फ्रान्सेली बन्धक मिया शेमको भिडियो सार्वजनिक गरेको थियो ।
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हु…
चीनद्वारा विश्वकै ठूलो पूर्ण विद्युतीय कार्गो जहाज सञ्चालन!
प्रतिक्रिया