भारतको जल सेनाका अवकासप्राप्त सैनिकलाई कतारमा फाँसीको सजाय
काठमाडौं। कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरूलाई जोगाउन सबै कानुनी विकल्पहरू खोजिने जनाएको छ ।
फाँसीको सजाय सुनाइएका आठ भारतीय नागरिक भारतको जल सेनाका अवकासप्राप्त अधिकारी हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरूमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ ।
भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग सुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी उनीहरूका परिवारका सदस्यहरू र कानुनी टिमसँग सम्पर्कमा छौं । हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासन समक्ष राख्ने छौं ।’ भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ ।
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हु…
चीनद्वारा विश्वकै ठूलो पूर्ण विद्युतीय कार्गो जहाज सञ्चालन!
प्रतिक्रिया