गाजापट्टी क्षेत्रमा इजरायललाई आक्रमण नरोके नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी
एजेन्सी। इरानले इजरायल र अमेरिकालाई गाजापट्टी क्षेत्रमा गरेको आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ ।
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहनले गाजा क्षेत्रमा भइरहेको सैन्य कारवाही रोक्न र नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका हुन् ।
विदेशमन्त्री हुसैनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह समेत गरेको छ ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा दुईतर्फी युद्ध चर्किरहेको छ । इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिका इजरायलको पक्षमा देखिएको छ ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया