युक्रेनमाथि रुसले गर्यो मिसाइल आक्रमण
युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ ।
“अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता टर्मिनलभित्र थिए”, खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, “मारिने र घाइतहरूको उमेर १९ देखि ४२ वर्षबीचका रहेका छन् उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो ।”
घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गभर्नर सिनेगुबोभका अनुसार सात जनाको अवस्था गम्भीर छ । “चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्”, उनले भने ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया