‘सहमतिको सरकार निर्माण गरिनेछ’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताउनुभएको छ । प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले तिहार अगाडि सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा चुनौती र समस्या धेरै रहेकाले सबै राजनीतिक दलको सहकार्य र सहयोगले सरकार सञ्चालन गर्ने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा कोशी प्रदेशमा रहेको मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा रहेका दलहरूले आफूलाई विश्वास गरेर मत दिएकाले यसप्रति सरकार जिम्मेवार हुने बताउनुभयो । उहाँले जनतालाई सङ्घीयताको सही कार्यान्वयन गरी विश्वास जागृत गराउने कार्यमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सर्वोच्चको आदेश: प्रचण्ड-बाबुरामलाई युद्ध अपराध मुद्दा नलाग्ने, बाल लडाकुलाई 'अ…
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
प्रतिक्रिया