जापानमा विद्यार्थी बोकोको बससँग ट्रक ठोक्किँदा १८ घाइते
पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् । जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
प्रहरीका अनुसार ३४ जना बालबालिका बाकेको बस काशिहराको राष्ट्रिय राजमार्ग चोकमा स्थानीय सम अनुसार बिहान ८ः५५मा ठोक्किएको थियो । तिनीहरूमध्ये १८ जनालाई शारीरिक पीडा भए पनि सामान्य चोटपटक भएकाले ज्यान जोखिममा नरहेको स्थानीय दमकल विभागले जनाएको छ ।
बसमा भएका शिक्षक, चालक तथा सहचालक स्वस्थ रहेको बताइएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको काशिहरा प्रहरी चौकीले बताएको छ ।
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ स…
कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
प्रतिक्रिया