भारतको सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार
काठमाडौं । भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ ।
सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानूनलाई खारेज गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पछिल्लो पाँच वर्षदेखि समलिङ्गी साझेदारीलाई कानूनी हैसियत दिने संहिता बनाउने कदमको विरोध गर्दै आएको छ ।
धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको सुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर पाँच सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।
“विवाहमा कानून निर्धारण गर्नु संसद् र राज्य विधानसभाहरूको क्षेत्राधिकार हो”, सर्वोच्च अदालतका प्रधानन्यायाधीश डी वाई चन्द्रचूडले आफ्नो फैसला सुनाउँदै भने ।
भारतको संविधानले विद्यमान कानूनअन्तर्गत समलिङ्गी जोडीहरूलाई विवाह गर्ने मौलिक अधिकारको प्रत्याभूति नगरेको फैसलामा भनिएको छ । विद्यमान कानूनले एक महिला र एक पुरुषको रूपमा पहिचान भएका जोडी वा दुवै ट्रान्सजेन्डर भएकालाई विवाह गर्न अनुमति दिन्छ ।
भारतलाई अझै पनि समलिङ्गी विवाहलाई स्वीकार गर्ने र तिनीहरूलाई भेदभावबाट जोगाउने दायित्व रहेको प्रधानन्यायाधीश चन्द्रचूडले बताए । “एकआपसमा माया र स्नेह महसुस गर्ने हाम्रो क्षमताले हामीलाई मानव भएको महसुस गराउँछ”, उनले भने, “समलिङ्गी सङ्घ र समलिङ्गी व्यक्तिहरूसँग भेदभाव गर्नुहुँदैन भन्ने समानताको मागलाई अदालतले स्वीकार गरेको छ ।”
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
एसियाली खेलकुद छनोटको फाइनलमा हङकङसँग भिड्दै नेपाल
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
विश्वकप अघि इङ्ग्ल्याण्ड फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै अन्धाधुन्ध गोली प्रहार
२० दिन विदा बसेर काममा फर्किइन न्यायाधीस मल्ल
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द, ट्रम्प भन्छन्- निर्णय म गर्छु, नेतन्य…
प्रतिक्रिया