कोशी प्रदेशसभाको बैठक कार्तिक १ गतेका लागि आव्हान
काठमाडौं । कोशी प्रदेशसभाको बैठक कार्तिक १ गतेका लागि बोलाइएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते स्थगित गरिएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त भएपछि बोलाइएको हो ।
प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बुधबारका निम्ति बोलाइएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।
बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।
उनले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिने बताइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसदलाई रास्वपाले किन बनायो उम्मेदवार ?
प्रतिक्रिया