हमासको आक्रमणमा सयभन्दा बढी विदेशीको मृत्यु भएको पुष्टि
काठमाडाैँ।हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ ।
एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेश मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० र यसमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने मृतकमध्ये एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको हो ।
गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा दुई हजार २१५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । शनिबारसम्मको अपडेट अनुसार आक्रमणमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ ।
आक्रमणमा परी कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार अनिर्दिष्ट सङ्ख्या तर एक दर्जनभन्दा बढी अमेरिकीहरू अपहरणमा परेको विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हमास आक्रमणपछि हराइरहेका १४ जना अमेरिकीका परिवारसँग कुराकानी गरेका छन् ।
ह्वाइट हाउसले उक्त कलको बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन, तर बाइडेनले सीबीएसको ‘६०–मिनेट्स’ मा भने “यदि हामीले उनीहरूलाई फेला पार्न सक्यौं भने हामी उनीहरूलाई घर फर्काउन आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नेछौं ।
त्यस्तै,थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले २४ जना थाई नागरिकको मृत्यु भएको शनिबार जानकारी दिएका छन् । अन्य १६ जना घाइते भएको र १६ जना अपहरणमा परेको अनुमान गरिएको थाई विदेश मन्त्रालयले जनाएको छ ।
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
एसियाली खेलकुद छनोटको फाइनलमा हङकङसँग भिड्दै नेपाल
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
विश्वकप अघि इङ्ग्ल्याण्ड फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै अन्धाधुन्ध गोली प्रहार
२० दिन विदा बसेर काममा फर्किइन न्यायाधीस मल्ल
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द, ट्रम्प भन्छन्- निर्णय म गर्छु, नेतन्य…
प्रतिक्रिया