क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । क्यानको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचनका लागि भावी अध्यक्षमा चन्दको मात्रै उम्मेदवारी रहेकाले उनी निर्विरोध रुपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यसअघि बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिपछि चन्द सर्वसम्मत निर्वाचित भएका हुन् । उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेका भण्डारीले अन्तिम समयमा आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका हुन् ।

उम्मेदवारी मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियो । क्यानको नयाँ नेतृत्व चयनका लागि मतदाताको नामवलि पनि सार्वजनिक गरिसकेका छन् । अन्य पभाधिकारीका लागि भने निर्वाचन हुने छ।