बेसीशहरमा गुडिरहेको बोलेरोबाट खसेर एक बालकको मृत्यु

लमजुङ। लमजुङको बेसीशहरमा गुडिरहेको बोलेरो जीपबाट खसेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार बेसीशहर न,पा–३ गाउँशहरबाट बेसीशहर- २ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपको पछाडि झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।

दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी लमजुङ अस्पताल ल्याइएको भए पनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।