सञ्चो अस्पतालका डाक्टरमाथि कुटपिटमा संलग्न थप एक जना पक्राउ

काठमाडौं-  हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्। डाक्टरमाथि हातपात गरेको आरोपमा सुनिल पाख्रीन पक्राउ परेका छन्। यसअघि घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परिसकेका छन्।  

यस्तै ५ जनालाई पक्राउ पुर्जी जारी भइसकेको छ।चिकित्सक संघ र सरकारबीच स्वास्थ्य मन्त्रालयमा आइतबार भएको वार्तामा ६ बुँदे सहमति भएको थियो। 
 
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा गरिरहेकै  समयमा कुटपिट भएको थियो।