बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
प्रदेश नं ३

प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने

२०-आश्विन-२०७६ | ०३:५३:१२ am

काठमाडौंः प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले बडा दशैको विजयादशमीको दिन आफ्ना पार्टी कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम निर्धारण भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका भनाई अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते मंगलवार दिउँसो २ देखि ४ बजेसम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाइदिने कार्यक्रम तय भएको छ।

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म नेकपा पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुक सबैलाई टीका लगाउने कार्यक्रम छ। हाल अन्य दिनका लागि कार्यक्रम बारे जानकारी गराएको छैन।

प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनेछन्। दशैँको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनेछन्।

Leave a Reply

सम्बन्धित समाचार