शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
अर्थ वाणिज्य

सभामुख जस्तो पद उडाउन सक्ने त्यो रक्सी बजारमा गायब

१६-आश्विन-२०७६ | १०:०२:५९ am

काठमाडौ , बर्णन संवाददाता ।एक महिला कर्मचारीमाथि सभामुख कृष्ण महराले गरेको भनिएको यौन दुर्व्यवहारको घटनाले पुरा देश तरंगित संगै सामाजिक सञ्जालमा महराले त्यतिखेर खाएको भनिएको हिमालयन रिजर्भ नाम रहेको उक्त रक्सी ह्वीस्की रक्सीको पनि व्यापक चर्चा र प्रचार भईरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त रक्सीलाई उडाउन माहिर रक्सीको रुपमा बखान गर्दै जुन रक्सीले शुरुमा युवतीलाई उडाउन उत्साहित गर्र्दै पछि गएर सभामुख जस्तो गरिमामय पद नै उडाउन सक्ने यो रक्सी अहिले आएर बजारमा समेत सामान्यरुपमा नपाउने गरि उडेको छ ।

नेपालमै उत्पादन भएपनि यो रक्सी नेपाल आउने विदेशीहरूबीच समेत अत्यन्त लोकप्रिय मानिन्छ। सभामुखले गरेको काण्ड संगै चर्चामा आएको यो रक्सी सजिलो संगै पाउन छोडेर कालोबजारमा मात्र पाइन थाले पछि यो दशैको मुखमा आएर यो रक्सीको महत्व र माग झन व्यापक बढेको छ ।

हाम्रा समाचार प्रतिनिधिले अधिकांस स्टोर चाहार्दा पनि हिमालय रिजर्भ नाम गरेको ७५० मिलिको यो रक्सी पाउन नसकेको हुँदा अब यो रक्सी कालोबजार र रात्रीकालीन होटल रेष्टुराँहरुमा अत्यन्त महंगो दाममा पाउने गरेको समेत जानकारी दिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: