शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   * आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (लाईभ हेर्नुहाेस)   * नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
एडिटर च्वाइस

प्रचण्डले राखेका ३ हजार भेटेनरी प्राविधिक ओलीले हटाए

०६-आश्विन-२०७६ | ०४:३१:३९ pm

काठमाडौं । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदाँ राखेका तीन हजार भेटेनरी प्राविधिक अहिलेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले हटाइदिएका छन् ।

एक गाउँ एक प्राविधिक नारा अन्तर्गत २०७३ सालमा भर्ना गरिएका करिब ३ हजार कृषि तथा भेटेरिनरी प्राविधिक कर्मचारीलाई ओली सरकारले हटाएको हो ।

साउन र भदौको पारिश्रमिक नदिएपछि उनीहरु विचल्लीमा परेका छन् ।

यी कर्मचारी राख्ने निर्णय ओली आफै पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेका थिए ।

प्रत्येक गाउँमा एक एक जना प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय ओली अघिल्लो पटक २०७२ सालमा प्रधानमन्त्री भएको बेला गरेका थिए ।

ओली सरकारको निर्णय उत्तराधीकारी बनेर प्रधानमन्त्री बनेका प्रचण्डले प्रधानमन्त्री भएको बेला २०७३ सालमा कार्यान्वयन गरेका थिए ।

लोकसेवा आयोगको विधि र प्रक्रिया पुर्‍याएर करारमा भर्ना गरिएका ति कर्मचारी मध्ये धेरै जसो दुर्गम पहाडी तथा हिमाली जिल्लाका गाउँ गाउँमा कार्यरत छन् ।

करिब ५ सय कर्मचारी ओली आफैले भर्ना गरेका थिए भने बाँकी २ हजार ५ सय कर्मचारी प्रचण्ड प्रधानमन्त्री हुदा भर्ना गरिएका थिए ।

नेपाली कांग्रेस र तत्कालीन माओवादीको सयुक्त सरकारले भर्ना गरेका ति कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा हटाइएको हो ।

कांग्रेसीलाई जागिरबाट हटाउने बाहानामा ओलीले आफैंले गरेको निर्णय आफै उल्टाएका छन ।

अर्थ मन्त्रालयले भदौ ३१ गते निर्णय गरी एक गाउँ एक प्राविधिक अन्तर्गत भर्ना भएका कर्मचारीलाई जागिरीबाट हटाउने निर्णय गरेको हो ।

त्यसको ठाउमा काठमाडौ, ललितपुर र विराटनगर महानगरपालिका बाहेक ७ सय ५० स्थानीय तहकोलागि ७ सय ५० नयाँ प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय अर्थ मन्त्रालयले गरेको छ ।

भदौ ३१ को निर्णयमा अब भर्ना गर्ने नयाँ प्राविधिक कर्मचारी नायब सुब्बा तहका हुने उल्लेख छ ।

हटाइएका कर्मचारी खरिदार तहका छन् । जागिरबाट हटाइएका कर्मचारीहरु आइतबार देखि आन्दोलनमा उत्रेका छन् ।

कृषि तथा भेटेरिनरी प्राविधिकहरुको संगठन नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण केन्द्रिय समितिले अर्थ मन्त्रालयको उक्त निर्णय विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

समितिले आसोज ६ गतेदेखि १० गतेसम्म धर्ना बस्ने लगायतका कार्यक्रमहरु घोषणा गरेको छ ।

अर्थ मन्त्रालयको भदौ ३१ को निर्णयमा ७ सय ५० स्थानीय तहमा मात्र एक जना कृषि प्राविधिक राख्ने भनिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: