त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भएकाे आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएकाे छ। 

थप सुन लुकाएर राखेको हुनसक्ने आशंकामा काठमाडौंका विभिन्न ठाउँमा खोजी भइरहेको स्रोतले बतायो। विमानस्थलमा रहेका अन्य सामान पनि चेकजाँच भइरहेको छ।  

 राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासहितको टोली अहिले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पुगेको छ । त्यससँगै यसमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्। उनीहरूसँगको सोधपुछ एवं सुराकको आधारमा कार्यालयले  थप अपरेसन जारी राखेको हो।