शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
प्रदेश नं ७

संविधान दिवस असफल पार्न नगरपालिका कार्यालयमा बम विस्फोट

०३-आश्विन-२०७६ | ०९:५३:३१ am

अछाम , बर्णन संवाददाता ।
अछामको कमलबजार नगरपालिकामा नेत्रविक्रम चन्द विप्लव समूहले गए राति बम विस्फोट गराएको छ ।

राति करिब पौने १ बजे नगरपालिका कार्यालय परिसरमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

बम विस्फोटबाट खासै क्षति नभएको प्रनाउ शाहीले बताए । बिजुलीको तारको उपयोग गरी करीब १०० मिटर टाढा रिमोटको सहायताबाट बम विस्फोट गराइएको प्रहरीको दावि छ।

प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए ।

यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्षित गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि असोज ३ गते संविधान दिवस भव्यरुपमा मनाउन तयारी गरिरहेका नगरपालिका कर्मचारी र स्थानीयबासी त्रसित बनेका छन् ।

Leave a Reply

सम्बन्धित समाचार