राष्ट्रिय स्वतन्त्र पार्टीकाे ७७ वटै जिल्लाबाट सांसदलाई सिधा सम्पर्क गर्न मिल्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भन्ने उदेश्यका साथ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेको जिल्ला तोकिएको छैन । उपसभापति डोल प्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर, कैलालीको जिम्मा दिइएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा तोकिएको छ।

प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख, र बाजुराको जिम्मा दिइएको छ। सचेतक श्री निशा डाँगीलाई झापा, मोरङ, इलाम, सल्यान जिम्मा दिइएको छ । मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको छ ।

गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुरा जिम्मा दिइएको छ । त्यस्तै सोबिता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ । सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम ९पूर्व० र रूकुम ९पश्चिम० जिम्मा दिइएको छ ।

ललितपुर २ की सांसद तोसिमा कार्कीको जिम्मामा ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर परेको छ । काठमाडौं ६ का सांसद शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरीको सम्पर्क सांसद तोकिएको छ ।

चितवन १ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरको सम्पर्क सांसद भएका छन् । तनहुँ १ बाट निर्वाचित डा।स्वर्णिम वाग्ले गोरखा, पर्सा, बैतडी र तनहुँ सम्पर्क सांसद बनेका छन् । डा।चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी दिइएको छ ।

त्यस्तै असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिएका छन्। लक्ष्मी तिवारी प्युठान, परासी, बर्दिया र बाँकेकी सम्पर्क सांसद भएकी छन्। अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी परेको छ ।

यता शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्कीको जिम्मेवारी दिइएको छ । बिनिता कठायत ६ जिल्लाकी सम्पर्क सांसद बनेकी छन् । उनलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा दिइएको छ । विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको जिम्मेवारी दिइएको छ ।