बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
समाचार

देउवा र साउद ८ सय बालवालिका ठगेकोमा पक्राऊ परे

२९-भाद्र-२०७६ | ०६:०१:२० pm

कैलाली जिल्ला कैलारी गाउँपालिका(९ )का सुगम भन्ने मानबहादुर देउवा र प्रमोद साउद पक्राउ परेका छन् । आठ सय बढी बालबालिकालाई ललाइफकाई मोटो रकम असुलेको भन्दै प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

देउवा र साउदले ०७५ साल चैत महिनाबाट फारबेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रडिङ प्रालि कम्पनी खोलेका थिए । प्रालिका प्रबन्धक बनि बालबालिकाबाट ५ हजारका दरले सेयर बिक्री गरेका थिए । वाल वन नामक सेयर जारी गरी १८ वर्ष मुनीका बालबालिकालाई लक्षित गरी ५ हजारका ४० लाख रकम उठाएको प्रहरीले जनाएको छ ।

काठमाडौं सामाखुसी केन्द्रीय कार्यालय, बर्दियाको राजापुर शाखा र मैनापोखर, बासगढी, जयनगर, भुरीगाउ, सानोश्री लगायत ठाउँमा सम्पर्क कार्यालय खोलेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जनाए । उनीहरुलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाएको प्रहरी उपरीक्षक बास्तोलाले भने, ुयस प्रालिले कैलालीमा समेत गैरकानुनी ढंगले रकम असुलेको देखिन्छ ।ु

Leave a Reply

सम्बन्धित समाचार