सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
न्याय/कानुन

कानुन बनाउने संसद् नै कानुन उल्लंघन गर्नमा अघि

२८-भाद्र-२०७६ | ११:१७:५३ am

कानुन बनाउने स्थल संसद्मै काननुको उल्लंघन हुने गरेको छ ।

प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ता बस्ने पहिलो बैठकको पहिलो एक घन्टा सांसद्हरुले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने र प्रधानमन्त्रीले उक्त प्रश्नको जवाफ दिनुपर्ने कानुनी व्यवस्था छ ।

तर, यो व्यवस्था अहिलेसम्म एकपटक भन्दा अर्कोपटक कार्यान्वयन भएको छैन ।

विसं २०७५ माघ ४ गते कार्यकारी र सांसद्बीच पहिलोपटक प्रश्नोत्तर भएको थियो ।

तर, त्यसपछि एकपटक यो नियमावलीको कार्यान्वयन हुन खोज्दा कसले पहिला बोल्ने भन्दै कार्यकारी र सांसद्बीच विवादका कारण स्थगितपश्चात उक्त कार्यले पुनः निरन्तरता पाउन सकेको छैन ।

त्यसैगरी उक्त प्रतिनिधिसभा नियमावलीमा शून्य तथा विशेष सभामा सांसद्हरुले राखेको जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिनुपर्ने पनि कानुनी व्यवस्था छ ।

त्यसको पनि कार्यान्वयन हुन नसकेको स्वयं सांसद्हरु स्विकार्दै शून्य समय र विशेष समय प्रभावहीन भएको बताउँदै आएका छन् ।

र, केही सांसद्ले आफुहरुले अहिलेसम्म बोलेका विषयबारे सरकारले सदनलाई जनकारी नगराएको बताउँदै आएका छन् ।

उनीहरुले आफ्ना कुरा संसद्मा राख्न पाउने कानुनी व्यवस्था भएको, तर सुनुवाइ नहुने कुरा बताउछन् ।

शून्य समय भनेको सरकारले सुन्ने समय भएको भन्दै सांसद् विरोध खतिवडाले सभामुख बलियो हुनुपर्ने बताएका छन् ।

उनले शून्य समयको महत्व बुझी त्यसैअनुरुप कार्य गर्न सकेमा सरकार, सांसद् र जनताबीचको त्रिपक्षी सम्बन्ध दश गुण शक्तीशाली हुने बताएका छन् ।

केही सयमअघि सरकार र संसद्ले सांसदको आवाज नसुनेको भन्दै कांग्रेस सांसद राजेन्द्रकुमार केसीले संसद्मै एक मिनेट मौन धारणा गरी विरोध जनाएका थिए ।

जसले कानुन बनाइ विधिको शासन कार्यान्वयन गर्ने स्थलमा कतिको कानुन कार्यान्वयन हुन्छ भन्ने यथार्थताको चित्रतालाई स्पष्ट पर्छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार