मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
नेकपाबाट ११ बुँदे आचारसंहिता जारी : महिला हिंसा गरे तत्काल निष्कासित हुने   * भ्रष्टाचार गरेर महादेशकै धनी बन्न सफल महिलाको कर्तुत खोले पत्रकारले   * २०५० सम्ममा १० लाख मानिस मंगल ग्रह पठाउने तयारी   * विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल   * जेपी नड्डा बने बीजेपीका अध्यक्ष   * प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु   * नेकपाका ११ सन्देश कार्यकर्तालाई भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितता नगर्नु   * व्यक्ति प्रशंसा गर्नुहोस तर प्रधानमन्त्रीको बारेमा सोच्नुहोस   * नेप्से साढे २६ अङ्कले ओरालो   * सैनिक, निजामति, प्रहरी पछि शिक्षक अस्पताल बन्ने, हे राम जनताका अस्पताल कहिले बन्ने   *
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
एडिटर च्वाइस

वामदेवलाई पछार्न कांग्रेसले बलियो उम्मेदवार खोज्ने

२५-भाद्र-२०७६ | ०१:२९:२६ pm

कास्की निर्वाचन क्षेत्र नम्बर २मा नेकपाबाट वामदेव गौतमको उम्मेदवारीको चर्चासँगै नेपाली कांग्रेसले पार्टीभित्रबाट बलियो उम्मेदवारको खोजी गर्ने भएको छ । र, साझा पार्टीको तर्फबाट रवीन्द्र मिश्र र अन्य पार्टीबाट पनि उम्मेदवारीको चर्चाआएसँगै कास्की क्षेत्र नं २ मा यतिखेर राजनीतिक ग्राफ ह्वात्तै बढेको छ ।

कास्की क्षेत्र नम्बर २ राष्ट्रिय राजनीतिको केन्द्र बन्दै गएको छ । हवाई दुर्घटना परी यस क्षेत्रका सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनका कारण रिक्त भएको उक्त निर्वाचन क्षेत्रमा यही मंसिर १४का लागि उपनिर्वाचनको मिति तोकेसँगै राजनीतिक चहलपहल बढेको हो ।

सत्ता पक्षबाट आशातीत उपलब्धि हुन नसको र नेपाली कांग्रेसमा पनि नेपाली जनताको पूरै विश्वास नरहेको अवस्थामा नयाँ कुनै शक्ति खोजी भइरहेको अवस्थामा यो क्षेत्रमा सत्तारुढ दलबाट वामदेव गौत्तम, नेपाली कांग्रैसबाट बलियो नेता उठाउने रणनीति र सत्ता पक्ष र प्रमुख प्रतिपक्षभन्दा बाहिर रहेका रवीन्द्र मिश्रको उम्मेदवारी पर्ने चर्चासँगै कास्की क्षेत्र नं २ को निर्वाचन ग्राफ ह्वात्तै बढेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना महत्वपूर्ण कार्यक्रम यसै क्षेत्रमा गरी चहलपहल बढाउँदै आएको छ । र , कांग्रे यसअघिको सिंगो पार्टीको पराजयको पैँचो फर्काउने दाउमा रहेजस्तो देखिन्छ भने सत्तारुढ दल नेकपा आफ्नो वर्चस्व कायमै राख्न चाहिरको छ ।

कांग्रेसले सिंगो पार्टीको यसअघिको हारको पीडा फर्काउन चाहिरहेको अवस्थामा यस क्षेत्रमा नेकपकाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ । ‘

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ मा पराजित भएसँगै गौतम पार्टी नेतृत्वसँगै लामोसमयदेखि असन्तुष्ट हुँदै आएका थिए । र, रवीन्द्र अधिकारीको मृत्युसँग जोडेर उनको नकरात्मक प्रचार पनि पार्टीभित्रैबाट गरिएको थियो । तर, पार्टीको उपाध्यक्ष भएसँगै उनलाई यस क्षेत्रमा उम्मेदवार बन्न प्रायः सबैले साथ दिने लक्षण देखिएको छ ।

उक्त क्षेत्रमा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ , रवीन्द्रपत्नी विद्या भट्टराई, पार्टी र स्थानीयबाट सहानुभूति रहँदारहँदै पनि वामदेवको उम्मेदवारप्रति सबैको सद्भाव देखिएको छ ।

पार्टी केन्द्रको चाहना पनि वामदेवलाई उम्मेदवार बनाइ संसद्मा ल्याउनुपर्छ रहेकाले उनले कास्की २बाट टिकट पाउने निश्चितप्रायः देखिएको हो । यद्यपि यस विषयमा पार्टीबाट औपचारिक धारणा भने भइसकेको छैन ।

त्यस्तै, केही समयदेखि यस क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै आएको नेपाली कांग्रेसबाट उम्मेदवारका आकांक्षीको संख्या धेरै भए पनि नेता धनराज गुरुङको चर्चा एकताका बढी चलेको थियो ।

उनको उम्मेदवारको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि राम्रो चर्चा भएको थियो । तर, सत्तारुढ दलबाट वामदेव आउने सम्भावना बढेसँगै कांग्रेसभित्रैबाट बलियो उम्मेदवार ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । र, स्थानीय नेता तथा कार्यकर्ताको पनि यसमा सहमति रहेको देखिन्छ ।

जनतामा पुराना पार्टीप्रति निराशा छाइरहेको अवस्थामा साझापार्टीको तर्फबाट पनि यस क्षेत्रको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । उसले उम्मेदवार चयन गर्न गृहकार्य थालेको र दुई-तीन दिनमै उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

पार्टीको औपचारिक निर्णय नभए पनि रवीन्द्र मिश्रले उम्मेदवारी दिने सम्भावना छ । रवीन्द्र मिश्र र मूल धारका नेकपा र नेपाली कांग्रेसबाहेक समाजवादी पार्टी नेपालबाट किरण थापा, राप्रपाबाट सीता केसीले पनि उम्मेदवार दिने चर्चा चलेको छ ।

काग्रेसभित्र गुट उपगुट हुँदाहुँदै पनि यस क्षेत्रको उपनिर्वाचनलाई लक्षित गरी गत महिना मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी पोखरामा भेला भएर आफ्ना उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

सम्बन्धित समाचार