सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
मुख्य​ समाचार

ओली-नेपालबीचमा प्रचण्डकाे राजनीति

२४-भाद्र-२०७६ | ०२:५२:२२ pm

नेकपाका नेता माधव नेपालले अध्यक्ष प्रचण्डलाई पार्टीमा अध्यक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

उनले अध्यक्ष दाहालले पार्टी एकीकरणको मुद्दालाई केन्द्रबिन्दुमा राखी अघि बढ्न नसकेको तथा पार्टी र सरकारका कामकारबाहीलाई सही ट्रयाकमा ल्याउन दबाब दिनुको सट्टा ओलीसँग मिली आफ्नो स्वार्थपूर्ति गर्नतिर लागेको भनी उनको आलोचना गर्दै आएका छन् ।

साथै, उनले एकता प्रक्रियामा आफ्नो मान्छेलाई जिम्मेवारी दिन विधि र मापदण्ड लत्याउँदै पार्टीभित्र अन्तरविरोध सिर्जना गर्ने गरेको बताउने गरेका छन् । र,उनले प्रचण्ड आफू र ओलीबीचमा रहेर खेल्ने गरेको पनि बताएका छन् ।

पूर्वएमाले धारमा रहेका नेता माधव र ओली पूर्वएमालेमा छँदा प्रायः एकै धारमा देखिने भए पनि पार्टीका महाधिवेशनपश्चात् ओली अध्यक्ष बनेसँगै यी नेताबीचको दूरीमा बढवा हुँदै पछिल्लो समय उच्च स्थानमा पुगेको छ ।

यतिसम्म कि ओली उपचारका लागि सिंगापुर जानुअघि भदौ ५ मा बालुवाटरमा बैठकको सिलसिलामा भएको संवादका क्रममा भएको दुई नेताबीच अहिलेसम्म नेता र ओलीबीच संवाद हुन भएको छैन ।

आफूले दिएको स्वास्थ्यलाभको शुभकामना फिर्ता गरेको भन्दै नेपाल उनीदेखि रुष्ट देखिएका छन् । नेपालले ओलीले आफूलाई निकृष्ट व्यवहार देखाएको भन्दै आफूले दिएको शुभकामना शुभकामना फिर्ता गरेपछि उपचारपछि उनलाई भेट्न अनिच्छा देखाउँदै आएका छन् ।

नेकपामा चाँडोचाडो समीकरण फेरिने गरेको छ । यसअघि तेस्रो वरीयतामा रहेका नेपाल समीकरण फेरिएसँगै चौथो वरीयतामा पुगेलगतै अध्यक्ष दाहाल र नेपालको समिकरण बनेसँगै एक्लै देखिएका ओली सिंगापुरबाट स्वेश फर्किएपछि प्रचण्ड पुनः ओलीलाई साथ दिँदा यतिखेर नेपाल पुनः एक्लै देखिएका छन् ।

केही दिनअघि पार्टी अध्यक्षको केही आस्वासन पाएसँगै नेपालले पार्टी सञ्चालनसम्बन्धी मुद्दामा नोट अफ डिसेन्ट दर्ता गरेका थिए । उनले उनले ३ भदौमा सातबुँदे नोट अफ डिसेन्ट दर्ता गराउँदै एक व्यक्ति एक पदको नीति कार्यान्वयनको माग गरेका थिए ।

तर, नेपालको नोट अफ डिसेन्टलाई ओली पक्षले बैठकमा दर्ता गराउनुअगावै सार्वननिक गरेको भन्दै आलोचना गरेको छ । नौ सदस्यीय सचिवालयमा नेपालप्रति प्रवक्ता नारायणकाजी श्रेष्ठले केही सहानुभूति देखाए पनि उनी ओली र प्रचण्डविरुद्ध स्पष्ट देखिने गरी उभिन सकेका छैनन् ।

पछिल्लो समय माधव अध्यक्ष प्रचण्ड लक्षित माधव नेपालको कटाक्ष हेर्ने हो भने प्रचण्ड पार्टी र सरकारप्रति असन्तुष्टि हुँदाहुँदै पनि शक्तिका लागि ओलीपक्षधरसँग नजिकिँदै त छैनन् भन्ने कुरा आउन सक्ने देखिन्छ । हुन त प्रचण्डजतिको हाइटको व्यक्तिले उनले भनेजस्तो गर्लान् र भन्ने पनि अर्को प्रश्न उठ्न सक्ला ।

कुरा जे भए पनि लामो समयदेखि नेपाल–आली फरक–फरक धारमा देखिनु र प्रचण्डको अभिव्यक्ति कहिलेकाहीँ सरकार र पार्टीप्रति लरबराउने गरेकाले पनि माधव नेपालले उनीप्रति लगाएको आरोप सही नहोला भन्न सकिने अवस्था छैन । जसलाई प्रचण्डले चिर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार