सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश

सभापति देउवाले विधान मिचेको नुवाकोट कांग्रेसको आरोप

२८-साउन-२०७६ | ०१:४०:३४ pm

काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटले सभापति शेरबहादुर देउवाको आडमा पार्टी विधान मिचिएको बताएको छ । नुवाकोट कांग्रेस सभापति जगदिश्वरनरसिंह केसीले केन्द्रीय सभापति शेरबहादुर देउवाको आडमा विधान विपरित नेपाली काँग्रेस नुवाकोट क्षेत्रीय समिति घोषणा गरिएको बताएका छन् ।

पार्टीको विधान विपरीत सभापति देउवानिकट सहमहामन्त्री डा. प्रकाशशरण महतको निर्देशनमा क्षेत्रीय कार्यसमितिको बैठक बसाई आफैँले आफैलाई स्वत स्फूर्त फरक भूभाग हुँदाहुँदै क्षेत्रीय समिति घोषणा गरेको उनको आरोप छ । सहमहामन्त्री डा. महत पनि नुवाकोटकै हुन । विधान विपरित घोषित कार्यसमितिको बैठक नुवाकोटमा नबसेर काठमाडौँमा बसेपछि नुवाकोट काँग्रेसका नेता तथा कार्यकर्ता निराश बनेका छन् । विधान बनाउने ठाँउमै रहेका केन्द्रीय सदस्य बहादुरसिंह लामा समेत बैठकमा उपस्थित भएपछि स्वयम् सभापति देउवाको निर्देशनमा बैठक बसेको केसीको आरोप छ ।

पार्टीको विधान २०१७ संशोधित २०५१, ०५४, ०५७,०६२, ०६४, ०६६, ०६९, ०७२ र ०७५ को को परिच्छेद १२ को विविध शिर्षकको धारा ७२ को संक्रमणकालिन ब्यबस्थाको धारा २ मा पार्टीको केन्द्रिय कार्यसमिति, सिमाङ्कन हेरफेर नभएको जिल्ला कार्यसमिति र सिमाङ्कन परिवर्तन नभएको स्थानीय तहका कार्यसमिति यथावत रहने व्यवस्था छ । तसर्थ सहमहामन्त्री डा. महत र केन्द्रिय सदस्य लामा सहभागि बैठक विद्यान विपरीत भएको प्रष्ट देखिने सभापति केसीको भनाई छ ।

उनले सोही परिच्छेद को धारा ४ (क) मा नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्बाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर नभई यथाबत कायम रहेका गाउँपालिका र नगरपालिका र उप–महानगरपालिका र महानगरपालिका र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कायम रहेको कार्यसमिति यथाबत रहने उल्लेख रहेको बताए ।

उक्त धारा ४ को (ख) मा नेपाल को संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्बाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाका र प्रतिनिधि सभा निर्बाचन क्षेत्र भित्रका यो बिधान संशोधन पूर्व कायम रहेका प्रतिनिधिको अधिबेशनले यसै बिधान बमोजिमको सम्बन्धि कार्यसमिति गठन गर्ने व्यवस्था समेत रहेको छ । पार्टीको विधानमा सम्पर्क समिति बनाउने जिम्मा जिल्ला कार्यसमितिलाई मात्र भएतापनि प्रदेश र क्षेत्रीय कार्यसमितिले सम्पर्क समिति गठन गर्ने निर्णय गर्नु विधान विपरीत र हास्यास्पद भएको सभापति केसीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार