सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश

मुहान क्षतिग्रस्त: खानेपानीकाे हाहाकार

२८-साउन-२०७६ | ०१:२२:१३ pm

विनोदसिंह विष्ट । बाढीपहिराले खानेपानी वितरण गरिने पाइप बगाउँदा बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पिउने पानीको समस्या भएको छ ।

पानी वितरण गर्ने पाइप लाइन र मुहान पहिराले क्षतिग्रस्त भएपछि खानेपानीको समस्या भएको हो । खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन् । “खोलाको धमिलो पानी पिउनुपरेको छ”, स्थानीयवासी प्रेम बोहराले भने, “बाढीपहिराले पानीको मुहान बगाएकाले पानीसमेत खान पाइएको छैन ।” शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले पहिरोपीडितलाई सताएको उनको भनाइ छ ।

“पहिराले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको हो”, स्थानीय भानबहादुर बोहराले भने, “आधा घण्टाको दूरीमा रहेको खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता छ । खोलाबाट ल्याएको पानी पिउनाले गाउँमा विभिन्न रोगको जोखिमसमेत बढ्दै गएको छ ।”

पहिराले स्थानीयवासीका घरखेतमा क्षतिसमेत पु¥याएका छन् । पहिराले करिब १० वटा पानी घट्टको कुलो बगाउँदा कुटानीपिसानीका लागिसमेत समस्या भएको स्थानीवासी बताउँछन् । सतबाँझ श्रीभावर सडकअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकले ६ घरपरिवारलाई विस्थापित गरेको छ भने २५ परिवार पहिरोको जोखिममा छन् ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार