बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   * लामखुट्टे मार्न नसक्ने सरकारसंग देशले के आश गर्ने भनी आवाज उठाउने यि सांसदले पाईन अन्तर्राष्ट्रिय पुरस्कार   * गौरिका सिंहले जम्मा ५९ लाख पाउने   * सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
मुख्य​ समाचार

टुंगियो कांग्रेसको अन्तरिम संरचनासम्वन्धि निर्देशिका

२७-साउन-२०७६ | ०७:०१:२७ am

काठमाडौं । नेपाली कांग्रेसले विधान अनुसारका अन्तरिम संरचना निर्माण गर्ने निर्देशिका संशोधनसहित पारित गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा वसेको केन्द्रिय कार्यसमिति बैठकले सकभर अन्तरिम संरचना सहमतिमा निर्माण गर्नेगरी निर्देशिका टुंग्याएको हो ।

बैठकमा सहमहामन्त्री डा.प्रकाशसरण महत, डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको निर्देशिका निर्माण समितिले निर्देशिकाको मस्यौदा पेश गरेको थियो । १७ साउनमा बसेको केन्द्रिय समिति बैठकले तीन सदस्यीय निर्देशिका निर्माण समिति बनाएको थियो ।

निर्देशिकामा पार्टीको अहिले रहेका बुथ, गाउँ-नगर, प्रतिनिधिसभा क्षेत्रिय समिति, जिल्ला र केन्द्रमा रहेको पार्टीको संरचनालाई संशोधित विधान अुनरुप पार्टीका ८ तहका संरचना निर्माण गर्नेबारे कार्यादेश उल्लेख रहेको छ । संशोधित विधान अनुसार कांग्रेसमा अव बुथ, वडा, गाउँ-नगर, प्रदेशसभा निर्वाचन क्षेत्रिय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रिय कार्यसमिति गरी ८ तहका संरचना बन्ने अव निश्चित भएको छ ।

ती ८ तहका संरचना निर्वाचनको माध्यमबाट निर्माण गर्ने या सहमतिमा निर्माण गर्ने भन्नेमा कांग्रेसमा विवाद थियो । पूर्वसस्थापन (रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला) पक्षले निनर्वाचनबाट नयाँ संरचना निर्माण गर्नुपर्ने बताउँदै आएको थियो भने सस्थापनले एक बर्षमै पार्टीको १४ औं महाधिवेशन गर्नु पर्ने भएकाले सहमतिमा अन्तरिम संरचना निर्माण गर्नु पर्ने बताइरहेको थियो ।

निर्देशिकामा गाउँ विकास समिति पुरैको एउटै वडा भएको भए पहिलाकै गाउँ समितिलाई वडा समितिलाई वडा समिति मान्ने, नभएर टुक्रा परेको भए सहमति खोज्ने गरी निर्देशिकामा व्यवस्था गरिएको छ । स्रोतका अनुसार अन्तरिम संरचना भागवण्डामा सहमतिमा गठन गर्ने तयारी कांग्रेसमा छ ।

सम्बन्धित समाचार