सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
एडिटर च्वाइस

पुर्व राजा ज्ञानेन्द्रका सन्देश संग्रहित पुस्तक बिमोचन

१९-साउन-२०७६ | ०२:०३:२४ pm

पुर्वराजा ज्ञानेन्द्रले आफु राजा हुँदा दिएका सन्देश , उपदेशहरु संग्रह गरिएको पुस्तकको बिमोचन हिमानी ट्रष्टमा पुर्वयुवराज्ञी हिमानीद्धवारा गराउनु भएकाे छ । यस पुस्तककमा राजाका सन्देशहरु संकलन भएका छन् । यसको मुल्य रु ५००० रहेको र यस पुस्तक विक्रीबाट प्राप्त रकम पनि हिमानी ट्रष्टले एउटा कोषमा जम्मा गर्ने र विभिन्न प्रकाेपबाट  पिडितलाई राहत वितरण गरिने  बताइएको छ ।

 

साे अवसरमा पुर्वयुराज्ञी हिमानी शाहको संरक्षणमा रहेको हिमानी ट्रष्टले आफ्नो कोषबाट गरिएको बार्षिक गतिबिधी पनि जानकारी गराएको थियाे ।  पुर्वयुवराज्ञी हिमानीका अनुसार उक्त ट्रष्टले हरेक विपदको अवस्थामा जनताको सेवाको काम गरेको बताउनुभयो । कोषले २०७२ सालमा गएको भूकम्पमा जनतालाई राहत दिएको बिषयलाई उल्लेख गर्नुभएको थियो ।

देशका विभिन्न भागमा भएको बाढीपिडित उद्धार लगायतका काम गर्नका लागि ट्रष्टले दैविउद्धार कोष खडा गरेको र यसैकोषबाट विभन्न पिडितलाई सहयोग गर्ने गरिएको बताउनुभयो । बिमोचित पुस्तकबाट उठेको रकम पनि यहि कोषमा राखिने छ । उक्त कार्यक्रममा पारस पुत्री पुर्णिकाको पनि उपस्थिती रहेकाे थियो ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार