बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   * लामखुट्टे मार्न नसक्ने सरकारसंग देशले के आश गर्ने भनी आवाज उठाउने यि सांसदले पाईन अन्तर्राष्ट्रिय पुरस्कार   * गौरिका सिंहले जम्मा ५९ लाख पाउने   * सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन   * बँदेल आक्रमण: तीन घाइते   * ‘मुस्लिमविरोधी’ कानुनले भारत दुईभागमा विभाजन   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
मनोरञ्जन

४९ वर्षमा किन गरे गोबिन्दाले ‘दोस्रो विवाह’ ? यस्ताे छ कारण

१५-साउन-२०७६ | ०९:५१:३३ am

गोबिन्दाले ४९ वर्षकाे उमेरमा दोस्रो विवाह गरेकाे खुलासा भएकाे छ । हालै भारतीय टिभी शो आपकी अदालतमा अतिथिका रुपमा पुगेका उनले आफ्नो विवाहबारे खुलासा गरेका हुन ।

उनले दोस्रो विवाह भने आफ्नै श्रीमती सुनितासँग गरेका हुन । उनले आफ्नै श्रीमती सुनितासँग दोस्रो विवाह गर्नुको कारण भने राेचक रहेकाे छ । उनले आमाको इच्छा अनुसार श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हु । ’ उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए ।

गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ । उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो । ’

गोबिन्दालाई उनका काका आनन्द सिंहले ‘तन बदन’ बाट भारतिय फिल्ममा डेब्यू गराएका थिए र उनका काका आनन्द सिंहकी साली सुनिता मुंजाल गोबिन्दाको प्रेममा परिन् । सन् १९८७ मार्च ११ मा दुबैले विवाह गरे । यद्यपि, गोबिन्दाले आफ्नो करियरका कारण विवाहलाई चार वर्षसम्म लुकाएर राखेका थिए ।

सम्बन्धित समाचार