सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
खेलकुद

हात्तीले नवराजलाई लावण्य देशको राजा बनाउन सक्छ भनेः रमेश खेलकुदमा जान किन नहुने ?

३०-आषाढ-२०७६ | ०६:३४:४० pm

गोल्डनगेट नामक एक प्राइभेट विद्यालय क्याम्पस खोलेर बसेका र त्यस संस्थाका प्रमुख रमेश सिलवाललाइ सरकारले खेलकुद परिषदको सदस्य सचिव बनाएको छ । यस विषयमा सामाजिक सञ्जालमा केही गाइगुई चलेको पाइन्छ । उनी खेलकुद परिषदमा जान हुन्छ हुँदैन ? उनको योग्यता तथा अनुभव खेलकुदसंग मिल्दो छ वा छैन ? आदि ।

खेलेको खेलाडी बाहेक जसलाई पनि खेलकुद परिषदमा सदस्य सचिव राख्ने पाइने भएपछि बर्तमान सरकारका सर्वाधिक प्रीयपात्र अर्थात विष्णु रिमालको वाक्य सपाट लिदाँ प्रिय ‘छौडा’ रमेश सिलवाल खेलकुदमा आउनुलाई अन्यथा मान्नु पर्ने कारण छैन । तर ३ करोड जनसंख्याभएको नेपालमा किन उनलाई छनियो । यो बडो रहस्यको प्रश्न छ ।

खेलकुदमा जहिले पनि मन वचन कर्मले स्वच्क्ष छवी भएको मानिस छानिनु राम्रो मानिन्छ । तर रमेश सिलवालको नेतृत्वमा रहेको गोल्डन गेट क्याम्पसले मेडिकलको इन्ट्रान्स परीक्षामा पेपर लिक गरकोले बदनाम भएको थियो । यो प्रश्न आउट हुनु अन्य सामान्य प्रश्न आउट हुने जस्तो विषय होइन । यसको लहराले कतै न कतै आर्थिक चलखेललाई संकेत गर्दछ र क्याम्पसको प्रमुखको संलग्नता बिना गोप्य शाखामा राखिने प्रश्न लिक हुन सक्दैन । तसर्थ सामान्य नजरमा उनको नाम केही विवादीत छ ।

अहिलेको सरकाको अति नजिग रहेका सिलवाल आउनु आश्चर्यको बिषय नहोला तर उनी खेलकुद मै किन गए ? किन लगिायो भन्ने अनेक प्रश्नहरु उठ्न सक्छन् । २०७६ साल असार २३ गते त्रिपुरेश्वरको राष्ट्रिय खोलकुद परिषदको कार्यालयमा मन्त्री जगतबाहादुर सुनार विश्वकर्मा संगबाट सपथखाएका सिलवाल खेलकुद मै जानुका २ प्रमुख कारण यसप्रकार छन् ।

सकारात्मक पक्षः

१. उनी कार्यमुलक र रिजल्ट ओरियन्टेड मानिस भएकोले सरकारले उनलाई अरु विकल्प नदेखेर नै छानेको हुन सक्छ ।
२. उनको कार्यकालमा नेपालले खेलकुदमा केही सुधार गरेर देखाउन पनि सक्छ, किनकी उनी कार्योन्मुख छन् ।
३. नेपालले फुटबल, क्रिकेट, उसु, कराँते जस्ता खेलमा प्रगति गरेर देखाउन पनि सक्लान् आशा गरौ ।

नकारात्मक पक्ष

१. उनी यो बिषयका जनकारव्यक्ति होइनन् ।
२. उनलाई मिल्ने ठाऊँ विश्व विद्यालय आदिमा पाइनेमा खेलकुदमा लगियो ।
३. यसका अनेक कारण मध्ये खेलकुदमा प्रचण्डको मानिस आउन सक्ने भएकोले प्रमले ठाउँ रिजर्व गरी आफ्नो पावर देखाउन पनि यो गरिउको हुन सक्छ ।
४. शिक्षामा अनेक तिकडम गरेर कहिले नीजिलाई त कहिले गुठीलाई काखि च्यापेर सरकारलाई सजिलो पार्ने भएकोले पनि सत्तारुढ गुटले उनलार्ई सहयोग गरेको हुन सक्छ ।

यो वाहेक उनलाई माला लगाई दिने प्रमुख हात्ती प्रधान मन्त्री नै हुनुहुन्छ । एउटा हात्तिले स्वास्थानीको कथाको प्रभावले सामान्य व्यक्ति लावण्य देशको राजा हुन सक्छ भने, एउटा विद्यालयको प्रिन्सीपल खेलकुद परिषद सदस्य सचिव बन्न किन नसक्ने ?

कारण

कुनै पनि घटना अकारण घट्दैन । रमेश सिलवाल खेलकुदमै जानुको मुल कारण यो ठाउँमा दाम कमाउन सजिलो छ । किनकी कति जना खेलाडीलाई कति खर्च गरियो कसले हिसाव राख्न सक्छ । कतिवटा रंगशाला बन्दै छन्, बजेट कति हुन्छ ? कतिलाई कस्तो ट्रेनिङ दिइयो कसले खोज्ने ? डाइटमा कति खर्च भयो कसले खोज्ने । यो बाहेक विश्व घुम्न पाइने , ओलम्पीक देखि अन्य क्षेत्रिय र दुई देशिय खेलकुका कार्यक्रम कति कति ? सोही कारण हात्तीले उपयुक्त पात्र छानेको हुन सक्छ । उनी स्वयंले २३ गते भनेका छन् ‘अरु कस्ता कस्ता ठाउँ छोडेर म खेलकुदमा आए’ । यो वाक्यले बुझाउँदछ बर्तमान सकारको शुसासन ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार