बैतडीमा युवतीको घाँटी रेटेर हत्या गर्ने फरार सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं, १८ मंसिर । बैतडीमा युवतीको घाँटी रेटेर हत्या गर्ने सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा फरार रहेका भरत कोली पक्राउ परेका हुन् ।

कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मृतक युवतीका आफन्तले कोलीविरुद्व किटानी जाहेरी दिएका छन् ।

मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

यस्तै, १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् ।