सुकुम्बासी बस्तीका बासिन्दाले किन घेरे काठमाडौं महानगर?

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा हिजाे अवरोध भएको थियाे । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु महानगरले दमन गरे प्रतिकार गर्ने भन्दै प्रदर्शनको तयारीमा देखिन्थे ।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गर्याे। बस्तीमा डोजर चलाएपछि सुकुम्बासी बस्तीका वासिन्दा आज आन्दोलनमा उत्रिएका छन।थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

 सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।