वर्णन मिडिया व्रिफिङ यस्तोे छ आज दिनभरका ताजा खबरहरू

वर्णन मिडिया व्रिफिङ यस्तोे छ आज दिनभरका ताजा खबरहरू

सरकारले झारा टार्ने शैलीमा ल्यायो बजेटका सिद्धान्त र प्राथमिकता
यो वर्ष तीन तहका लागि चुनावको वर्ष हो । अहिले देश स्थानीय चुनावको माहोलमा डुबेको छ । आफूले चाहेका जनप्रतिनिधि र दलको हैसियत मापनमा आमनागरिक व्यस्त छन् । राजनीतिक दलहरु पनि चुनावमै व्यस्त छन् । स्थानीय चुनाव सकिएलगत्तै संघ र प्रदेशको चुनावको तयारीमा लाग्नुपर्नेछ ।यस्तो बेला सरकारले ल्याउने बजेट संयमित र तत्कालका जल्दाबल्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने हो । सरकारका प्राथमिकता पनि यसैमा आधारित हुनुपर्ने हो । तर कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले वितरणमुखी र भोट प्रभावित पार्ने खालको बजेट ल्याउने देखिएको छ । अर्थतन्त्रको स्वास्थ्य बिग्रिँदै गएको र जनजीवनलाई महँगीले पिरोलेको अवस्थामा सरकारले कुनै राहत र पुनर्स्थापनाको सोच पनि आफ्ना प्रस्तावमा कतै पनि समेटेको देखिँदैन ।

https://barnanmedia.com/detail/1652915433-l-l-l-b-gx

संसदको अबरोध हट्यो, एमालेले चिसै पानीले नुहायो
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरुद्ध संसद खुलाउने विषयमा नभए चिसै पानीले नुहाउँछु भने झै गर्यो।पार्टीले कारबाही गरेका माधव नेपालसहितका सांसदलाई सभामुखले निष्काशन नगरेको भन्दै विगत नौ महिनादेखि संसद अबरुद्ध गर्दै आएको थियो । माग पूरा हुने स्थिति नदेखेपछि बिना सर्त मंगलबार संसद खोल्नले स्थितिमा पुगेको हो ।एमालेले नेकपा समाजवादीलाई अस्वीकार गर्दै आए पनि निर्वाचन आयोगले स्वीकार गरेर दलको मान्यता दिईसकेको अवस्थामा छ । नेता नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले टाँस नगरिदिँदा एमाले विभाजन हुन पुग्यो ।

भारतीय प्रधानमन्त्री मोदी सुरसुधाको संगीतमा मग्न भएपछि...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा लुम्बिनी विकास कोषले आयोजना गरेको सांगीतिक कार्यक्रम सुरसुधा समूहले प्रस्तुति दिएको थियो ।जेठ २ गते बुद्ध जयन्ती मनाउन लुम्बिनी आइपुगेका मोदीको स्वागत कार्यक्रममा समूहका कलाकारहरु स्ट्यान्डिङ सितारमा विश्व कीर्तिमान राख्न सफल सीतामैया राजचल, तबलामा सुरेन्द्र श्रेष्ठ, गायनमा सरस्वती खत्री, बाँसुरीमा रमन महर्जन गितारमा विकास सुनुवारले सहभागिता जनाएका थिए ।

https://barnanmedia.com/detail/1652935510-e-sc

स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी
चापाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले नगरप्रमुख निर्वाचित भएका हुन्।उनले सात हजार ४९० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए।त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भइन्। उनले सात हजार ४१३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याइन्।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेको जित
सूर्यविनायक नगरपालिका भक्तपुरमा एमालेको जित भएको छ। सूर्यविनायक नगरपालिका भक्तपुरमा नेकपा एमालेका मेयर उमेदवार बासुदेव थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयर उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाए। थापा यसअघि पनि सूर्यविनायक नगरपालिकाको मेयर थिए।

पाँचथरको फिदिमको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी
पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी हुनुभएको हो ।काफ्लेले नौ हजार ८५५ मत प्राप्त गर्नुभयो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गर्नुभएको हो । लावतीले नौ हजार २८० मत प्राप्त गर्नुभयो ।

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र विजयी
पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको छ ।घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत प्राप्त गर्नुभयो । अध्यक्षमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ तथा उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गर्नुभयो । चौध वडा रहेको गाउँपालिकामा ११ मा माओवादी केन्द्र विजयी भएको छ भने एक÷एक वडामा एमाले र कांग्रेसले जितेका छन् ।

ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी
ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले तीन र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हासिल गरेको छ । प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।

रोल्पा कारागारमा कैदी भेटिए झुन्डिएको अवस्थामा फेला
रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य
सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा ९एमाले० ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्ति पक्राउ
प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो ।

भरतपुरमा दाहालको तीन हजार बढीको अग्रता
भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो ।दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको विस्फोटमा ३ जना घाइते
बाल्ख प्रान्तको मजार(ए(शरीफमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा तीन जना घाइते भएका छन्। सिन्ह्वा समाचार एजेन्सीले बिहीबार एक अधिकारीलाई उद्धृत गर्दै “राष्ट्रिय सेना” का “निजामती कर्मचारी” भएकाहरूलाई सैन्य अस्पताल लगिएको जनाएको छ।प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ डब्लुले बिहानको भीडभाडमा कोर्प्सका नागरिक कर्मचारीहरूको मिनी बसलाई लक्षित गरी विष्फोट गराएको हो । उक्त घटनाको अहिलेसम्म कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन।

पाल्पाको रम्भामा मतगणना अन्योल
पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो ।मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन आयोगबाट मतगणनाकार्य गर्न आदेश आए पनि दलहरुबीच विवाद हुँदा प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा एमाले तीन, नेकपा माओवादी केन्द्र दुई र नेकपा ९एकीकृत समाजवादी०ले एक स्थानीय तहमा जित हासिल गरेको छ ।कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ ।

ट्रकको ठक्करबाट मृत्यु
ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्युु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड–४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो ।

एक दिनमा दुई हजार ३६४ कोरोना सङ्क्रमित
भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ३६४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य् हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३०३ पुगेको छ ।यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१९ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

कैलालीमा ३ महिने पार्टीको तहल्का, दुई पालिकामा जित, अरूमा पनि अग्रता
कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आश्चर्जनक नतिजा हासिल गरेको छ । थारुबाहुल क्षेत्र कैलालीको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा यस दलले विजय हासिल गरिसकेको छ भने केहीमा अग्रता कायमै छ । प्रतिनिधि निर्वाचित नभएका पालिकामा पनि उल्लेख्य मतसहित दोस्रो या तेस्रो स्थान यस दलले हासिल गरेको छ ।जनता समाजवादी पार्टीका सांसद चौधरी टीकापुर नरसंहारमा अदालतबाट दोषी ठहर भएका कारण जन्मकैदमा छन् ।

व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता
तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिनुभएको छ । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गर्नुभएको छ ।