प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्के
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यसरी निको हुनेमा होमआइसोलेसन तथा विभिन्न कोभिड अस्पताल रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २७ हजार ८७० पुगेको छ ।
यसैगरी प्रदेशमा सोही अवधिमा ४२१ जनाको पिसिआर परीक्षण गरिएकामा १२ महिला र १८ पुरुष गरी ३० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १५ मध्ये विराटनगरमा पाँच, झापा र सुनसरीमा चार÷चार र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ७२९ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख आठ हजार १५८ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ । रासस
कोरोना भाइरसको नयाँ भेरियन्ट‘केपी.१’ र ‘केपी.२’ कति घातक ?
काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
प्रतिक्रिया