चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन - भरतपुरका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज अस्पताल मृत्यु भएको हो ।

ती महिलालाई दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट चेक गर्दा कोरोना पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।